आर्या फर्मा ल्याब वीरगञ्ज र कश्यप ऋषि आयुर्वेदिक विराटनगरले वराहक्षेत्र नगरपालिकालाई २ लाख बढीको औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । 

आर्या फर्मा ल्याब वीरगञ्जले १ लाख १३ हजार २ सय बराबरको औषधि प्रदान गरेको छ भने कश्यप ऋृषि आयुर्वेदिक विराटनगरले ७५ हजार बराबरको सेनिटाइजर प्रदान गरेको छ । यी औषधि र स्वास्थ्य सामग्री कोरोना संक्रमणबाट सुरक्षित रहन प्रदान गरिएको आर्या फर्माका एरिया मेनेजर विकेश पोखरेलले जानकारी दिए । 

औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्न मंगलबार आयोजित कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनाल, प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेललगायतको उपस्थित थियो । आर्या फर्माका बजार प्रतिनिधि केशव भट्टराई, सेल्स मेनेजर दुर्गाराज भट्टराई, एरिया मेनेजर विकेश पोखरेलले सामग्री हस्तान्तरण गरेका थिए । 

वराहक्षेत्र ६ चक्रघट्टीस्थित न्यु संगिता मेडिकल हलले सामग्री ल्याउन पहल गरेको प्रमुख सुरेन्द्र गुप्ताले जानकारी दिए ।