धरान । एसजी अर्गनाइजेसनका अध्यक्ष एवम् उद्योगी शिव घिमिरेले इटहरीको कोभिड रिलिफ एण्ड आइसोलेसनलाई अक्सिजनसहित स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
उनले ११ थान अक्सिजन ग्यास, अक्सिमिटर, ५० थान ब्याज, पाँचसय थान सर्जिकल मास्क, २५ सय थान अक्सिजन मास्क, रेगुलेटरसहितका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले स्वास्थ्य सामग्री वितरण गरेको बताए ।
आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । आइसोलेनसमा हालसम्म २६ जना कोरोना संक्रमित भर्ना भएका छन् ।
उक्त आइसोलेसन प्रेस युनियन सुनसरी, मारवाडी सेवा समिति इटहरी, नेपाल युवा उद्यमी मञ्च र श्रीकृष्ण प्रमाणी मन्दिरको समन्वयमा सञ्चालनमा आएको हो ।

अर्गनाइजेसनले इटहरी उपमहानगरपालिकालाई पनि सोही परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा आइसोलेसन सञ्चालन गरिरहेको छ ।