धरान । धरान जेसीजको आयोजनामा सोमबार सम्पन्न रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ । 

रगत अभावलाई मध्यनजर गर्दै जेसीजले धरान ७ स्थित सिद्धी नेवाः परिषद्को हलमा रक्तदान कार्यक्रम गरेको अध्यक्ष मणिराज अधिकारीले जानकारी दिए । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान भएको थियो । त्यसक्रममा रक्तदातालाई धन्यवाद दिँदै प्रमाण पत्र पनि वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । 

dharan_jysis_blood_donetion2

कोरोना महामारीपछि धरानमा रक्तदान कार्यक्रम एकदमै न्यून हुँदै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत जेसीजको बर्सेनि गरिने कार्यक्रमअन्तर्गत कार्यक्रम गरिएको हो ।

सुनसरी काठमाडौं, चितवनपछि तेस्रो रक्तदाताको जिल्लाको रुपमा परिचित छ । धरानलाई रक्तदाताको सहर बनाउने भन्दै केही संघसंस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रम राख्दै आएका थिए । जसक्रममा ७ सय युनिटभन्दा बढी रगत संकलन गरिएको थियो । 

dharan_jysis_blood_donetion1