मधुमल्ला। देशभरमै कोरना भाइरष कोभिड १९ को दोस्रोलहर घटी रहँदा मोरङको मिक्लाजुङ गाउँपालिकामा भने कोरोना भाइरसको संक्रमण दर उच्च देखीएको छ ।
सोमबार मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा १४ जनाको एन्टीजो बिधीबाट परिक्षण गर्दा ११ जनामा पोेजेटिभ देखीएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रलले बताए । यो संक्रमणको दर करिब ८० प्रतिशत हाराहारी हो । यस प्रकारको संक्रमणले समुदायमा भयाबह रुप लिन सक्ने पोख्रेलले बताए ।
पछिल्लो समय कोरोना परिक्षण गर्न नागरिकहरु नआउने गरेकाले समुदायमा कोरोना संक्रमितको संख्या यकिन गर्न कठिन भएको पोख्रेलले बताए । सार्वजनीक रुपमा एन्टीजोन परिक्षणका लागि बोलाउँदा समेत न्युन संख्यामा मात्र नागरिक उपस्थित हुनुले समुदायमा कोरोना भाइरसको संक्रमण उच्च रहेको अनुमान पोख्रेलको छ ।
यस्तै यस अघिको परिक्षण्मा मिक्लाजुङको वडा नं. ४ मा सबै भन्दा बढी संक्रमित भेटीएका थिए भने वडा नं. ६ मा पनी संक्रमितको संख्या उच्च रहेको छ । हाल सम्मको परिक्षणलाई हेर्दा वडा नं. ८ मा सबै भन्दा बढी संक्रमित हुनेको दर भेटिएको हो । यस्तै मिक्लाजुङ वडा नं. २ , ३ र ७ का एक एक जना गरी ३ जनाम पोजेटिभ देखिएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा संक्रमणको दर उच्च भेटीएसँगै मिक्लाजुङ गाउँपालिका वडा नं. ८ वडाध्यक्ष नविन कार्कीले वडा नं. ८ बासीहरुलाई अत्यावस्यक काम नपरि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य मापदण्डहरु पालना गरेर मात्र अत्यावश्यक कामहरु गर्न अपिल गरेका छन् ।
साथै वडा बासिहरुमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखीए तत्काल वडा सदस्यहरु वा वडाध्यक्ष स्वयमलाई सम्पर्क गर्नसमेत अपिल गरेका छन् । एक घर बाट अर्को घरमा समेत भरसक आवत जावत नगर्न र गर्नैै परे सामाजीक दुरी कायम गर्दै स्वास्थ्य सर्तकर्ता अपनाएर मात्र आवत जावत गर्न वडाध्यक्ष कार्कीले अनुरोध गरेका छन्।
साथै वडामा रहेका मानीसहरुको आवत जावत बढी हुने पशल तल कुटानी पीसानी मिलहरु समेत केही समय संचालन नगर्न वडाध्यक्ष कार्कीले अपिल गरेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै सोमबारसम्मको रेकड अनुसा २३० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा २१५ जनाको एन्टीजोन परिक्षण र १५ जनाको पीसिआर बिधीबाट परिक्षण गरिएको थियो । कुल संक्रमितमध्ये ४ जनाको मृत्यु भएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी रोहीणी भट्टराइले बताए ।