कोरोना महामारीका समयमा समेत सरकारले सुनिश्चित गरेका १३ प्रकारका खोपमा बालबालिकाको पहुँच पु¥याउनुपर्ने माग गरिएको छ । बाल बचाउका लागि राष्ट्रिय पहल (निक्स) नेपालले सबै अस्पतालमा बालबालिकालाई २० प्रतिशत श्ययाको व्यवस्था गर्न गरेको निर्णयको प्रभावकारी कार्यान्वयनको अवस्थाको अनुगमन गर्न र सबै श्ययाहरु बालमैत्री बनाउन एवं बालरोग विशेषज्ञ चिकित्सकलाई बालरोग उपचारमा संलग्न गराउन पनि सरकारसँग आग्रह गरेको छ ।
(निक्स) नेपालले आज विज्ञप्ति जारी गरी बालबालिकाको सुरक्षित जन्मन पाउने अधिकारको सुनिश्चितताका लागि आमाको समेत विशेष सुरक्षामा थप ध्यान दिन, बालमैत्री र सुरक्षित खोप केन्द्रको लागि विशेष अनुगमन तथा कार्यान्वयन गर्न गराउन पनि अपिल गरेको छ ।
कोभिडविरुद्धको खोपका लागि आवश्यक अध्ययन अनुसन्धान एवं अन्यत्रका अभ्यासलाई समेत ध्यान दिई विशेष प्राथमिकता दिन र बालबालिकाको जीवन र सर्वोतम् हितको अधिकार सुनिश्चितताका लागि क्रियाशिल सबै एकताबद्ध हुनुपर्ने (निक्स) नेपालको भनाइ छ ।
बालअधिकार महासन्धि १९८९ को धारा २४ मा बालबालिकाको उच्चतम् स्वास्थ्य सम्बन्धी व्यवस्था र संविधानको धारा ३९ को (२) मा स्वास्थ्य हकको व्यवस्था गरिएको छ ।