पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५८५ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ । निको हुने दर ९४ प्रतिशत नाघेको छ । आज थपिने संक्रमितमा सबैभन्दा धेरै काठमाडौंमा ३६५ जना र उपत्यका बाहिर झापामा १७६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै मोरङमा ११२, सुनसरीमा १३५, ललितपुरमा १०५ र कास्कीमा १०३ जना संक्रमित थपिएका छन् । त्यस्तै चितवनमा ९६ र नुवकोट ६६ यीबाहेक अन्य जिल्लामा थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ । 

नेपालमा आज पुष्टि भएका १५ जनासँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या  ९ हजार २६३ पुगेको छ ।

आज एक हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । 

आज देशभर होम आइसोलेसनमा २२ हजार ९६९, संस्थागत आइसोलेसनमा दुई हजार ८५९, आईसीयूमा ५६९ र भेन्टिलेटरमा १७१ जना रहेका छन् । नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९४.५९ प्रतिशत पुगेको छ भने मृत्युदर १.४३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकासहित मुलुकभरका ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको छ भने २४ जिल्लामा २ सयभन्दा बढी रहेको छ ।