विराटनगर/ प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६३ जना संक्रमणमुक्त भएका छन् । 

 संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको  छ । यस्तै, प्रदेशमा ४४३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा १२४,  झापामा १६५, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २–२, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यता, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, इनरुवामा २, भोक्राहानरसिंह र दुहवीमा १–१, स्थानीय तह नखुलेका ९ जना छन्।

मोरङको विराटनगरमा ५७, लेटाङमा २३, बेलबारीमा १७, पथरीशनिश्चरेमा १०, बुढीगंगामा ४, उर्लाबारीमा ३, सुन्दरहरैचा, कटहरी र स्थानीय तह नखुलेका २–२ जना छन् ।

कानेपोखरीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, महालक्ष्मीमा ३, छथरमा १ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ४, स्थानीय तह नखुलेका १, उदयपुरमा २, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ७४ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ । 

झापाको दमकमा ७७, विर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८–८, कनकाईमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, गौरादहमा ३, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जना छन् ।