झापा / झापाको दमक नगरपालिका–७ हाटखोलाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे लाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै गौरादह–२ का ३२ वर्षीय निर्मल थापा, दमक–२ का ४२ वर्षीय राम बहादुर धिमाल, दमक–६ का ३३ वर्षीय विजय सिंह, सुनसरी इटहरी–४ का ३५ वर्षीय विक्रम गुरुङ र इटहरी–१९ का २६ वर्षीय मिलन राई रहेका छन् ।
जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँ समेत फेला पारी बरामद गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ वर्षीय गङ्गा पाठक, ४० वर्षीय राजन दाहाल रहेका छन् । यसै गरी गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अङ्कित कार्की, गौरादह–८ का ३८ वर्षीय इन्दु कुमार राजवंशी रहेका छन् ।

हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये कर्ण बहादुर राईको घरमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहररु माथि जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।