भण्टाबारी / सुनसरीको कोशी गाउँपालीका ५ स्थित कुम्याहीबाट कटुवा पेस्तोलसहित दाजुभाइ पक्राउ परेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट खटिएको टोलिले शनिबार बिहान कटुवा पेस्तोलसहित पक्राउ गरेको इन्स्पेक्टर पुर्ण दाहालले जानकारी दिए ।

घरायसी विवाद हुँदा एकाअर्काले आफूमाथि पेस्तोल देखाई डराउन खोजेको आरोप लगाउदै सशस्त्र प्रहरीलाई खबर गरेकोमा कोशी गाउँपालीका ५ कुम्याही बस्ने वर्ष ५० का विद्यान्न यादव र उनका भाई ४६ वर्षका चन्द्रदेव यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाइएको सशस्त्र प्रहरी जनाएको छ ।

उनीहरूको घरभन्दा ३०० मिटर दूरीमा प्लास्टिकमा बेरिएर रुखमुनी लुकाएर राखिएको एक एक राउन्ड गोलि लोड गरिएको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको हो । पक्राउ परेका दाजुभाइउपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

217693332_298795518656446_6357378263769992512_n213628557_1186349491790888_4980615537499958490_n211508161_351918863096617_8757243391192942379_n