खाँदबारी । सुंखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ८ मा दुई जना गाईको मासु काटेको आरोपमा पक्राउ परेको छ । उनीहरुसंगै रहेका दुई जना भने फरार रहेको छ ।

गएको विहिबार खाँदबारी ८ को भोटबारीको खोला किनारमा खाने प्रयोजनका लागि गाईको बाच्छी काटेको प्रहरी निरिक्षक सुभेष अधिकारीले जानकारी दिए ।

विहिबार काटेको भएपनि शुक्रबार दिउँसो २ बजे प्राप्त सूचनाका अनुसार सिलिगुडी घर भई भोटबारीमा बस्ने २७ बर्षिय अम्बर तामाङ र १८ बर्षिय डम्बर बि.क. पक्राउ परेको हो । उनीहरुसंगै रहेका नाम थर नखुलेका दुई जना भने फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको जनाएको छ ।