धरान । धरान क्षेत्रमा रहेका मजदुर घटकहरुले नेकपा एमालेका मेयर उपमेयसहित २० वटै वडाका १०२ जना उम्मेद्वारहरुलाई जिताउने अभियान शुरु गरेका छन् ।
बुधबार लोडअनलोड र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूले चुनावी भेला गरेका छन् । यस्तै यातायात क्षेत्र, सेक्युरिटी मजदुर, सफाई मजदुरलगायत विभिन्न घटकहरुले भेला गरि मजदुर, विपन्न गरिवको वकालत गर्ने नेकपा (एमाले)का तर्फबाट सूर्यध्वजाबाहक मेयरका उम्मेदवार मन्जु भण्डारी र उपमेयरका उमेदवार पदम लिम्बूसहित २० वटै वडाका उमेद्वारहरूलाई जिताउने निर्णय गरेको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संघगठनका केन्द्रीय अध्यक्ष भीमज्याला राई, प्रदेश उपाध्यक्ष रविन अधिकारी, धरान अध्यक्ष कमल भट्टराई, क्युपेकका केन्द्रीय उपाध्यक्ष मुक्ति गिरी, केन्द्रीय सदस्य बालकुमार श्रेष्ठ, धरान उपाध्यक्ष हेम सेढाई, अटोका केन्द्रीय सदस्य अनिल तोलाङ्गीलगायतको उपस्थितिमा भएको छलफलमा उहाँहरुले एमालेको नेतृत्व धरानमा स्थापित गर्न प्रतिवद्धता जनाएका हुन् ।
यातायात मजदुर संगठनका धरान नगर अध्यक्ष कमल भट्टराईका अनुसार यातायात क्षेत्र १५ सय घरधुरी मजदुर छन् । सेक्युरिटी क्षेत्रमा २ सय परिवार, सफाई मजदुरहरु १ सय घर परिवार निर्माण क्षेत्रका मजदुर धरान क्षेत्रमा बसोवास गदैं आएका छन् ।