धरान । परिवर्तनशील समाज नेपाल धरान र बीपी कोइराला सङ्ग्रहालय एवम् अनुसन्धान केन्द्र धरानको आयोजनामा ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।

दिवसको अवसरमा आइतबार धरान–२० बीपी पार्कस्थित बीपी कोइरालाको पूर्ण कदको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको सचिव माधव बास्तोलाले जानकारी दिए । उनका अनुसार नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बीपी कोइरालाको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका छन् ।

कार्यक्रममा समाजका उपाध्यक्ष उर्मिला प्रधान, सचिव माधव बास्तोला, सह–सचिव सरिता लिम्बू, सह–कोषाध्यक्ष ज्ञानु थापा, केन्द्रका कोषाध्यक्ष विजय चौधरीलगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक केन्द्रका सचिव उमेश श्रेष्ठले जानकारी दिए ।