धरान । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर–१९ घिनाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनी नेपाली काङ्ग्रेस मोरङका उपसभापतिसमेत हुन् । कारमा उनीसहित भीम रिमाल, पुष्प राई र दुर्गा कोइराला सवार थिए । उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पुष्पलाल चोकतिर आउने क्रममा टायर एक्कासि पम्पचर हुँदा कार अनियन्त्रित भई खेतमा पुगेको थियो । सडक छाडेर खेततर्फ गए पनि पल्टिन भने नपाएको प्रहरीले जनाएको छ । जसका कारण क्षति हुन नपाएको जनाइएको छ ।