विजयपुर । धरान–८ सिद्धार्थ मार्गस्थित बुद्ध विहारले भद्र जयन्ती मनाउने भएको छ ।
बुद्ध विहारको ६० औँ वार्षिकोत्सवको अवसरमा भद्र जयन्ती मनाउन लागिएको उपासिका रमना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘६० वर्ष पूरा भएको अवसरमा भद्र जयन्ती मनाउन लागिएको हो ।’ उनका अनुसार भद्र जयन्तीमा विश्व प्राणीजगत्को सुख, शान्ति, समृद्धिका लागि महापरित्राण पनि हुनेछ ।
भद्रको अर्थ ६० वर्ष उमेर पूरा भएपछि सामान्यतः प्राणी पनि सालिन र शान्त हुने विश्वास गरिन्छ । तीन दिनसम्म मनाइने भद्र जयन्तीको उद्घाटन फागुन २६ गते हुनेछ । विहार २०१८ सालमा स्थापना भएको हो । बुद्ध विहारकी अध्यक्ष ज्ञानलक्ष्मी ताम्राकारका अनुसार भद्र जयन्ती सफल बनाउका लागि विभिन्न १५ वटा उपसमितिहरू बनेका छन् ।
बुद्ध विहारका सचिव किरणकुमार कार्कीका अनुसार जयन्तीमा विहारका सहयोगी र १५ जना संस्थाका अग्रजहरू सम्मान गरिने भएको छ । उनीहरूले विहारलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको छ । उपसिका आशा मोक्तानले लामो स्थापना भई विभिन्न काम गर्दै आएको बताइन् ।
उपसिका रमनाले विहारले धार्मिक कार्य मात्रै नगरी शिक्षा, स्वास्थ्य क्षेत्रमा सामाजिक कार्य गर्दै आएको पनि बताइन् । भद्र जयन्तीमा विपश्याना ध्यान केन्द्र भवनको उद्घाटन पनि गरिनेछ । जयन्तीको समापन फागुन २८ गते हुनेछ ।