काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ ।

ग्राहकहरूले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो प्याक लिन सक्ने एनसेलले जनाएको छ । प्याकको समयावधि ३ दिनको रहेको छ । ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा विना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् । ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक लिन सक्छन् ।

त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ । सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरूका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ ।

हालै मात्र कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ, जसमा ग्राहकहरूले करसहित मात्र रु.२५ मा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।