श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ३० गते बुधबार, १२ जुन २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि १९ः३५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मघा भोलि ०२ः२७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । केही चुनौतीहरूसँग जुध्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम दोहो¥याउनु पर्ने समय छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुनसक्छ। उपहार प्राप्त हुने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
योजना विस्तारै फलदायी हुनेछ। दाम र इनाम दिलाउन सक्छ । व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ । आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कलामा निखार आउनेछ । कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । पहिलेको सफलताले हौसला जगाउनेछ । परिवारजनसँग भेटघाट हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । व्यवसायमा मनग्य धनलाभ हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारबाट टाढिनुपर्ने हुन सक्छ । असमझदारी बढ्ने सम्भावना छ । व्यवसायमा लगानी बढाउने समय छ।