श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल असार ३ गते सोमबार, १७ जुन २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि भोलि ०६ः४१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र चित्रा ११४ः०३ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा केही चुनौतीहरू देखिनेछन् । वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ । काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो समयमा फाइदा लिन सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारले फाइदा दिनेछ । पछिका लागि जग बसाउने समय छ । व्यावसायिक कर्मले गति लिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको विश्वास गर्दा धोका हुनसक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त, साथीभाइ टाढिन सक्छन् । प्रयत्न गर्दा काम बनाउन सकिनेछ । अरूले फाइदा उठाउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यको क्षेत्र प्रतिकूल हुने देखिन्छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त होला। चिताएको काम सम्पादन हुनेछ।