Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • कृषि सङ्कलन केन्द्र स्थापना

कृषि सङ्कलन केन्द्र स्थापना

alt
  • असोज २३, २०८१
  • ब्लाष्ट खबर

खोटाङ/केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ।

कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख लगानीमा गाउँपालिकाको कृषि शाखासँगै जोडिएको कार्यालय भवनमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै विकास गरी कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रमुख समीर राईले जानकारी दिए।

“कृषकको कृषि उपजले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मूल्यमा कृषि खरिद गर्छ, खरिद गरेर सङ्कलित कृषि उपजलाई अन्य स्थानमा सप्लाई गरिदिन्छौँ”, उनले भने, “आगामी दिनमा कृषकको कृषि उपज बजार नपाएर कुहिँदैन, गाउँपालिकाले खरिद गर्छ, कृषकले त्यसको मूल्य पाउँछ ।”

सङ्कलन केन्द्रमा जम्मा भएका अकबरे खुर्सानीलाई अचार, रायो सागलाई गुन्द्रुक, आलुलाई चिप्स, पिँडालुलाई सुकुटीलगायत परिकार बनाएर बिक्री गर्नेगरी कृषि सङ्कलन केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। कृषि सङ्कलन केन्द्रमा सङ्कलित कृषि उपजलाई राजधानी काठमाडौँलगायत सहरसँग समन्वय गरेर निर्यात गर्नेसम्मको योजना बनाइएको गाउँपालिकाले जनाएको छ।

सो गाउँपालिकाका कृषक यसअघिसम्म घरबाट बोकेर लगेका कृषि उपज बिक्री नभएपछि पुनः बोकेरै घर फर्काउनुपर्ने बाध्यतामा थिए । गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि बाह्रै महिना यातायात सञ्चालन नहुँदा कृषकले उत्पादन गरेका कृषि उपज उनी आफैँले डोकोमा बोकेर बिक्री गर्न लानुपर्ने बाध्यता छ।

यसैबीच, गाउँपालिकाले तोरी उत्पादक कृषिकलाई दिँदै आएको अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। व्यावसायिक तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राका आधारमा अनुदान उपलब्ध गराउनेगरी सुरु गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएपछि गाउँपालिकाले यस वर्ष पनि निरन्तरता दिएको हो ।
व्यावसायिक तोरीखेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातीत खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको गाउँपालिका उपप्रमुख गुरुराज राईले जानकारी दिए।

“किसानलाई व्यावसायिक रुपमा तोरीखेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम अघि सारिएको हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरीखेती प्रवद्र्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नाका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

गाउँपालिकाको अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरीखेती लगाउनुपर्ने जनाइएको छ।व्यावसायिक तोरीखेती गर्ने कृषकले अनुदान पाउनका लागि कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैङ्क खातामा अनुदान उपलब्ध गराइँदै आएको छ । तोरीखेती प्रवद्र्धनका लागि गाउँपालिकाले अनुदान कार्यक्रम लागू गरेपछि कृषकसमेत उत्साहित भएका छन्।
सम्बन्धित समाचार
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबारसँगै ने ...

अर्को ट्रफी नजिक मेस्सी

धरान । सन् २०२२ को फिफा विश्वकप लियोनल मेस्सीका लागि ऐतिहासिक क्षण बन्यो । ...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
साउन १, २०८३
अर्को ट्रफी नजिक मेस्सी
साउन १, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
साउन १, २०८३
तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
साउन १, २०८३
धरानको ज्वानेटार फलामे पुल उद्घाटन
साउन १, २०८३
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
साउन १, २०८३
चस्मा र मेसिन बोकेको ट्रक नियन्त्रणमा
साउन १, २०८३
सुम्निमा–पारुहाङको प्रतिमा निर्माण: जग्गा खरिदमा आर्थिक अपचलनको गन्ध
साउन १, २०८३
कक्षा १२ को प्रमाणपत्रमा १५ सयभन्दा बढी शुल्क नलिन निर्देशन
असार ३२, २०८३
सुनसरीका पाँचसहित सात सहकारी संस्था खारेज
असार ३२, २०८३
सेयर बजारमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई निर्देशन
असार ३२, २०८३
अलपत्र तीन ढ्वाङे पुल निर्माण गर्न धरान उपमहानगरको माग
असार ३२, २०८३
अब विश्वविद्यालय अनुदान आयोगबाट उच्च शिक्षा उपाधि समकक्षता निर्धारण
असार ३२, २०८३
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
असार ३२, २०८३
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेसको संयन्त्रको बैठक सुरु
असार ३२, २०८३
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
साउन १, २०८३
अर्को ट्रफी नजिक मेस्सी
साउन १, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
साउन १, २०८३
तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
साउन १, २०८३
धरानको ज्वानेटार फलामे पुल उद्घाटन
साउन १, २०८३
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
साउन १, २०८३
चस्मा र मेसिन बोकेको ट्रक नियन्त्रणमा
साउन १, २०८३
सुम्निमा–पारुहाङको प्रतिमा निर्माण: जग्गा खरिदमा आर्थिक अपचलनको गन्ध
साउन १, २०८३
कक्षा १२ को प्रमाणपत्रमा १५ सयभन्दा बढी शुल्क नलिन निर्देशन
असार ३२, २०८३
सुनसरीका पाँचसहित सात सहकारी संस्था खारेज
असार ३२, २०८३
सेयर बजारमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई निर्देशन
असार ३२, २०८३
अलपत्र तीन ढ्वाङे पुल निर्माण गर्न धरान उपमहानगरको माग
असार ३२, २०८३
अब विश्वविद्यालय अनुदान आयोगबाट उच्च शिक्षा उपाधि समकक्षता निर्धारण
असार ३२, २०८३
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
असार ३२, २०८३
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेसको संयन्त्रको बैठक सुरु
असार ३२, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क