श्री शालवाहनिय शाके १९४६ ने.सं. ११४५ वि.सं.२०८१ साल मंसीर २४ गते सोमवार, ९ डिसेम्बर २०२४।कालयुक्त संवत्सर। मार्ग शुक्ल पक्षकाेअष्टमी तिथि ०८:२२ उप्रान्त नवमी, नक्षत्र पुर्वभाद्र १५:१३ बजे सम्म उत्तरभाद्र, चन्द्रराशी–कुम्भ, शतभि ०६:४२ बजे र सुर्यास्त ०५:०९बजे हुनेछ ।
मेष– मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन्
वृष– टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ।
मिथुन– आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।
कर्कट– धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
सिंह– स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
कन्या–
समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन
नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।
तुला– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।साथीभाइसँग रमाइलो भेट हुनेछ।
वृश्चिक– प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ।
धनु– स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ।
मकर– व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ।
कुम्भ– प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।
मीन– ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्।