शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल मङ्सिर २५ गते मङ्गलबार, १० डिसेम्बर २०२४, कालयुक्तनाम संवत्सर। मार्ग शुक्लपक्षको दशमी तिथि भोलि ०४ः०२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरभाद्र १३ः४७ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः४३ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति अलि सङ्घर्षपूर्ण रहला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। प्रयत्न गर्दा केही काम बन्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्र्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् । माया मारेको नतिजा सकारात्मक हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहो¥याउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरै फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नियमित प्रयत्न गरे काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भविष्यका लागि केही वस्तु त्याग्नु पर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगानीबाट फाइदा हुनेछ । कामको मूल्याङ्कनले जिम्मेवारी दिलाउनेछ । कामका अवसर प्राप्त हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयस्रोत राम्रो हुनाले मनग्य धनलाभ हुनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।