उर्लाबारी । सूर्य बचत तथा ऋण सहकारी संस्था उर्लाबारी–६ सूर्यचौकले बिहीबार २४ औ“ स्थापना दिवसका अवसरमा पत्रकार, कर्मचारी, असल बचतकर्ता, असल ऋणी, जेष्ठ सदस्य, वाल बचतकर्ता र एकल महिलालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
संस्थालाई प्रर्वद्धनमा योगदान पु¥याएकोमा ब्लाष्ट टाइम्स दैनिक उर्लाबारीका प्रतिनिधि मदनबाबु प्रसाईंलाई सम्मान पत्रले सम्मानित गरिएको छ । यस्तै संस्थाकी कर्मचारी सरिता राईसहित एकल महिलाहरू गीता घिमिरे, गायत्रादेवी लामिछाने, फूलमाया कार्कीलाई सम्मान गरिएको छ ।
यसैगरी संस्थाले असल ऋणीहरू गोविन्द लिम्बू, रीता ढकाल, नन्दकुमारी लिम्बू, शेरबहादुर लिम्बू, भीमबहादुर श्रेष्ठ, चन्दनकुमार साह, सुनीताकुमारी महाजु, खोम्सरा पौडेल, षोषकुमार बास्तोला, विष्णुकुमारी श्रेष्ठ, लीलादेवी दाहाल, मनरानी लिम्बू, दुर्गा राई, टङ्कमाया आचार्य, पशुपति श्रेष्ठ, अञ्जु विष्ट सम्मानित भए । यस्तै उत्कृष्ट बचतकर्ता रामप्रसाद निरौला, रामचन्द्र तिम्सिना, चन्द्रकला राई, कल्पना भट्टराई, वीरेन्द्रकुमार श्रेष्ठ, शान्तादेवी ढकाल गौतम, ढुण्डुराज भट्टराई र तुलसीबहादुर श्रेष्ठ नगद र सम्मान–पत्रले सम्मानित भएका छन् ।
यसरी नै संस्थाले ज्येष्ठ सदस्यहरू दमयन्तीदेवी नेपाल, एकनाथ तिम्सिना, लोकेन्द्र पौडेल, नारायणप्रसाद निरौला, पर्शुराम चौलागाई, राजेन्द्र घिमिरे, शोभा मिश्र, श्यामकुमारी दनुवार, टेकबहादुर कामी, भोलानाथ अधिकारी, नरप्रसाद सोहाङ, सोमनाथ अधिकारी, यामलाल अधिकारी, कृष्णप्रसाद निरौला, पञ्चनारायण लिङदेन, रामप्रसाद दनुवार र सुशीला निरौला तथा बालबचततर्फ सृष्टिका श्रेष्ठ, अज्यवी कार्की, छुनुकुमारी राई, आरध्या नेपाल र जेनिसा लामालाई समेत नगद र सम्मान–पत्रले सम्मानित गरिएको मुख्य व्यवस्थापक मदनकृष्ण बरालले बताए ।
संस्थाका अध्यक्ष तेजनाथ घिमिरेको अध्यक्षता तथा ६ नम्बर वडाका अध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नारदमणि नेपाल र सचिव गोपालप्रसाद भट्टराईले मन्तव्य दिएका थिए । २०५७ सालमा स्थापना भएको यस संस्थामा ३ हजार ५ सय ९० शेयर सदस्य आबद्ध छन् । संस्थाले शेयर सदस्यलाई वित्तिय सेवा सगै“ रक्तदान, न्यानोलुगा वितरण र विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण लगायतका सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आएको छ ।