श्री शालवाहनिय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल पुस १ गते सोमबार, १६ डिसेम्बर २०२४, कालयुक्त संवत्सर, पुष कृष्ण पक्षको प्रतिपदा तिथि १२ः४१ उप्रान्त द्वितिया, नक्षत्र आद्र्रा भोली ०१ः२५ बजेसम्म पुनर्वसु, चन्द्रराशी–मिथुन, सुर्योदय ०६ः४६ बजे र सुर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होस नपुग्नाले काममा फजुल खर्च हुन सक्छ । किनमेलमा पनि अधिक खर्च हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पछि दुःख पाइएला । मध्याह्नदेखि केही काम बन्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पेसा–व्यवसायमा केही मन्दी आउनेछ । लक्ष्यमा पुग्न पनि अलि मुस्किलै पर्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
श्रम परे पनि राम्रै अवसर पाइनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिको आगमनले दिन रमाइलो रहनेछ । पेसागत काममा त्यति समय दिन नसकिएला ।