श्री शालवाहनिय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१साल पुस २ गते मङ्गलबार, १७ डिसेम्बर २०२४, कालयुक्त संवत्सर, पुस कृष्ण पक्षकाे द्वितिया  तिथि  ११:११  उप्रान्त तृतिया, नक्षत्र पुनर्वसु भोली ००:५७ बजे सम्म पुष,चन्द्रराशी–मिथुन, सुर्योदय ०६:४७ बजे र सुर्यास्त ०५:११बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर खर्च बढ्नेछ । केही सञ्चित रकम पनि बाहिरिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिजन्य समस्याले दुस्ख पाइनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रशस्त फाइदा हुनेछ । भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको दायित्व हातलागी हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अरूका काममा समय खर्चनुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। समस्या दर्साएर पनि काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लाभ हुनेछ।व्याहारिक समस्याले योजना रोकिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम रोकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा कमजोरी अनुभूति हुनेछ । धैर्यले काम लिने चेष्टा गर्नुहोला१शुभचिन्तकहरूको सहयोग जुट्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्ने छ ।