वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले  नगरका साप्ताहिक हाटबजारमा मरेका माछा बिक्री गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले भारतीय माछा बिक्रीमा रोक लगाएको छ ।

वराहक्षेत्र नगरपालिका कार्यपालिकाले  सोमबार निर्णय सूचना जारी गर्दै बिक्री वितरणमा रोक लगाएको हो । भारतबाट अवैधरूपमा आयातित भारतीय माछा बिक्री हुने गरेको गुनासो बढेपछि त्यस्ता माछाको बिक्रीमा पूर्णतः रोक लगाइएको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

भारतीय  माछाहरू बिक्री वितरण गरेको पाइएमा व्यापारीको तराजु, फ्रिज, ढुवानीका सामानसहित जफत गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दण्ड जरिबाना गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए ।