धरान । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धरान सेवा केन्द्रको २८ औँ वार्षिक साधारणसभा धरान–१५ मा शनिबार सम्पन्न भएको छ ।
साकोसले शेयर पुँजी २ अर्ब पु¥याउने लक्ष्य लिएको प्रतिवेदन प्रस्तुत गरिएको छ । यस्तै बचततर्फ १५ अर्ब र ऋण लगानीमा १४ अर्ब पु¥याउने लक्ष्य रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको धरान सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक हरिनारायण बास्कोटाले जानकारी दिए ।
साकोसले आगामी आर्थिक वर्षभित्र संस्थाको कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण स्थानीय तहमा सेवा विस्तार गरी दुई लाख २५ हजार सदस्य पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । संस्थाको कार्यक्षेत्र भित्र रहेका कुल परिवार संख्याको चार प्रतिशत परिवारमा वित्तीय सेवा पु¥याउने लक्ष्य लिएको साधारणसभामा जनाइएको छ ।
धरान ८ का वडाध्यक्ष धनबहादुर राईको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा पिण्डेश्वर क्याम्पस धरानका प्राचार्य काशीनाथ पौडेल, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका प्रधानाध्यापक प्रमोद भण्डारी, केन्द्रीय कार्यालयका उपनिर्देशक दिनेशबहादुर निरौलालगायतले सकोसको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा धरान सेवा केन्द्र सञ्चालन उपसमितीका सदस्यहरू सागरमणि सुवेदी, शान्तिराम दाहाल, डिल्लीराम गौतम, सन्चरानी लिम्बू, सेवा केन्द्र तरहराकी प्रमुख शान्ता काफ्ले, सेवा केन्द्र धरानकी प्रमुख प्रमिला अर्याललगायतको उपस्थिति रहेको थियो ।
साकोसकी सदस्य चुराकुमारी राईले पति बलराम राईको असामयिक निधन भएकोमा चार लाख ८५ हजार ऋण मिनाहाबापतको रकम र मन्दिरा खड्काले आफ्ना श्रीमानको असमाहिक निधनबापत एक लाख ऋण मिनाहाबापतको रकम प्राप्त गरेका छन् । यस्तै सहाराका ज्येष्ठ नागरिक सदस्य र एकल महिला सदस्यलाई सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको थियो ।