धरान ।  मितेरी विकास बैङ्क धरानको १९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाले शेयरधनीलाई ०.५० प्रतिशत नगद लाभांश र ९.५० प्रतिशत बोनस शेयर दिने निर्णयसमेत पारित गरेको छ । सभामा बैङ्कका अध्यक्ष किसन मास्केले वार्षिक प्रतिवेदन पेस गरेका थिए । आ.व. २०८०÷०८१ मा कुल निक्षेप ९ अर्ब ४५ करोड ६४ लाख ९२ हजार भएको र १४ करोड ४९ लाख ५० हजार बैङ्कले खुद नाफा कमाएको सभामा जानकारी दिइएको थियो ।

प्रदेशभरि ५ वटा जिल्लामा शाखा विस्तार गर्ने अनुमति पाएको बैङ्कले सुनसरी, मोरङ र झापामा हाल १८ वटा शाखा विस्तार गरेको छ । साधारणसभाले प्रदेशस्तरको  ‘ख’ वर्गको बैङ्कको रूपमा लान प्रस्तावसमेत अनुमोदन गरेको छ । राष्ट्र बैङ्कसँग स्वीकृति दिएपछि बैङ्कले १४ वटै जिल्लामा शाखा विस्तार गर्न पाउनेछ ।