श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल माघ २१ गते सोमबार, ३ फेब्रुअरी  २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको पञ्चमी  तिथि  ०७ः०५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रेवती भोलि २३ः२७ बजेसम्म,  उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः४९ बजे र सूर्यास्त १७ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्।