श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ २२ गते मङ्गलबार, ४ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको सप्तमी तिथि भोलि ०२ः४४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्विनी २२ः०० बजेसम्म, उप्रान्त  भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त १७ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्नसक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । लगानी गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम प्रारम्भ हुनेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। लगानी बढाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बन्नाले राम्रै लाभ हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या दर्शाएर सहयोगीहरू फेला पार्न सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म–कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थितिवश सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अरूले साथ दिए पनि काममा स्वयम् सक्रिय रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ।