श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल माघ २३ गते बुधबार, ५
फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको अष्टमी तिथि भोलि
००ः५१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र भरणी २०ः४६ बजेसम्म, उप्रान्त
कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त १७ः४७ बजे
हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेकै कमजोरी दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ।अवसरका लागि दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका काममा समय खर्चनु पर्दा आफ्ना काम रोकिन सक्छन्। सरसापट वा कर्जामार्फत् धन जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट भने टाढिनुपर्ने हुनसक्छ। केही खर्च भए पनि प्रतिष्ठा आर्जन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।मिहिनेतले आम्दानी बढाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयत्न गर्दा महŒवपूर्ण काम बन्न सक्छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।