श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल माघ २४ गते बिहीबार,
६ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको नवमी तिथि भोलि
२३ः१० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र कृतिका १९ः४४ बजेसम्म, उप्रान्त
रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः४७ बजे र सूर्यास्त १७ः४८ बजे
हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। काम प्रारम्भ गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनसक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम सुरु हुन सक्छन्। मनग्य धनलाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीका समस्याले दिगो योजनामा अघि बढ्न समस्या पर्न सक्छ। बेसुरमा दिएको वचनले समस्या पर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश पहिलेको निर्णयमा पुनर्विचार गर्नुपर्ने हुनसक्छ। नयाँ तथा महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने स्थितिमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आय आर्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेसा–व्यवसायमा फाइदा हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।