श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि.सं. २०८१ साल माघ २५ गते शुक्रबार, ७ फेब्रुअरी  २०२५,कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको दशमी तिथि २१ः४५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र  रोहिणी १९ः४४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योेदय ०६ः४६ बजे र सूर्यास्त १७ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।परिस्थितिवश चिताएको काममा केही बाधा पुग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आंशिक फाइदा भए पनि काममा बढी समय लाग्नेछ। सरसापटमा रकम बाहिरिन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उधारो व्यापारले फाइदाको रकम अड्किन सक्छ। अधिक खर्च हुने समय छ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत् धन जुट्नेछ।