धरान / नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले आयोजना गरेको विजिनेश एक्स्पो आजदेखि सुरु भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले एक्स्पोको उद्घाटन गरेका छन् ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले बताए । कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठ, प्रदेश सभास सदस्य रमेश बस्नेत, विजय श्रेष्ठलगायतले एक्स्पोले धरानको व्यापार चलायमान बनाउने बताए ।
एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ । एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिएको बताइएकाने छ । नेपालमै प्रख्याती कमाएका पाँच ब्राण्डका जुक्ताहरु राखिएको आयोजकले जनाएको छ ।
आज साँझ ८ बजे राई इज किङको उपनामले ख्याति कमाएका राजेशपायल राईको एकल प्रस्तुति रहेको छ । राजेशपायल राईको सबैभन्दा बढी फ्यान रहेको पूर्वको शहर मध्ये धरान एक नम्बरमा आउँछ । राईले मैले मायाले दिएको चिनोलगायत उनका पछिल्लो चर्चाको शिखरमा रहेका दर्जनौ गीतहरु गाउदैंछन् ।