श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल माघ २८ गते सोमबार, १० फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। माघ शुक्लपक्षको त्रयोदशी तिथि १९ः१६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु १८ः१७ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः४४ बजे र सूर्यास्त १७ः५१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। विवादबाट अलि टाढै रहनुहोला।खानपानमा बिचार पुर्याउनु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारोमा पनि केही काम बन्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयस्रोत कमजोर देखिए पनि नियमित कामबाट मनग्य लाभ हुनेछ।मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम रोकिए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकाङ्क्षी काम बन्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। पेसा–व्यवसायबाट पनि मनग्य लाभ उठाउन सफल भइनेछ।