श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन ५ गते सोमबार, १७ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको पञ्चमी तिथि भोलि ०५ः१३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र चित्रा भोलि ०७ः५२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः३९ बजे र सूर्यास्त १७ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गरे लक्ष्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले केही दुःख पनि पाइएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ–सहयोग जुट्नेछ । स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामका चुनौती पन्छाउन निकै मिहिनेत गर्नुपर्ला। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको विश्वास गर्दा धोका हुनसक्छ। केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। भेटघाटले अवसर दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान–सम्मान प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। व्यापारमा उन्नति हुनेछ ।