श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन ११ गते आइतबार, २३ फेब्रुअरी  २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको दशमी तिथि ०२ः१४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र  मूल ०६ः५८ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः३३ बजे र सूर्यास्त ०६ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोपनीयता बाहिरिनाले केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ।प्रियजनसँग भेटघाट हुनेछ।विचार नमिल्नाले आफन्तसँग विवाद हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमको बन्धन कमजोर बन्ने समय छ। उधारो व्यापार गर्नुपर्ला। आँटेको यात्रा रोकिन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। लक्ष्यमा पुग्न विलम्ब हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीहरूबाट पनि अलि जोगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ।