श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १२ गते सोमबार, २४ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको एकादशी तिथि ०२ः०३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वाषाढा ०६ः५८ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः३२ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। साँझतिर केही होसियारीपूर्वक काममा जुट्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैलाई समस्या पर्न सक्छ। दिन सामान्य रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।अध्ययनमा त्यति समय दिन नसकिएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीहरूले विवादमा फसाउन सक्छन्, सजग रहनुहोला। केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको बारेमा चासो राख्दा स्वयम् समस्यामा परिएला। प्रतिस्पर्धीहरू जाग्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।अवसर आए पनि कामले पछि परिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरवादीहरूले आफ्ना कमजोरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। अनावश्यक वस्तु किन्नाले खर्च बढ्नेछ।