श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १३ गते मङ्गलबार, २५ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर । फाल्गुण कृष्णपक्षको द्वादशी तिथि ०१ः०५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तराषाढा ०६ः४६ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः३१ बजे र सूर्यास्त ०६ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गर्दा केही लाभ हुनसक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। केही समय प्रतीक्षा गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुनसक्छ। दिन रमाइलो रहनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी बढ्नेछन्। द्वेष तथा ईष्र्या गर्नेहरूबाट सावधान रहनुहोला।