श्री शालवाहनीय शाके १९४६ ने. सं. ११४५ वि. सं. २०८१ साल फागुन २० गते मङ्गलबार, ४ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको पञ्चमी तिथि ०३ः३० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी भोलि ०२ः४८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः२४ बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज केही खर्चिलो काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारीसमेत पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ। खर्चिलो काम थालनी हुनेछ। आकस्मिक समस्याले खर्च बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्। काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ।कामप्रतिको लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। आजको योजना चाँडै कार्यान्वयन गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी काम गर्दै लाभ उठाउने मौका छ। स्रोतसाधन जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ।