इटहरी ।
सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फिवर भेटिएपछि तत्काललाइ सुङ्गुर, बङ्गुरलगायतको मासु बिक्री वितरणमा रोक लगाइएको छ । वडा नं ९ र १०
स्थानिय कृषकहरूले पालेको बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुस्टी भएपछि
आपतकालिन बैठक बसेर नगरले गत फागुन १५ गतेदेखि बङ्गुर तथा सुङ्गुर ओसार पसारसँगै बिक्री बितरण र मासुसमेत प्रतिवन्ध गरेको हो ।
फिवरका कारण
तिन दिनमा २७ वटा बङ्गुर मरेपछि उच्च सतर्कता अपनाएर काम गरिरहेको दुहबी
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देस्वोर मेहताले बताए । १४ गते
स्थानिय वडा नं १० का कृषकहरूको बङ्गुर बिरामी हुँदै भटाभट मर्न थालेपछि १५
गते ल्याव टेस्टकालागि काठमांडौ पठाइएको र केन्द्रीय प्राविधिक ल्याबले
अफ्रिकेन स्वाइन फ्लु पुस्टी गरेपछि सो क्षेत्रमा कडाइए गरिएको मेहता बताउँछन् ।
अहिले सो क्षेत्रमा क्रमिक सुधार हुँदै आएको उनले बताए ।
बिरामी
भएका बङ्गुरहरू क्रमश सामान्य अवस्थामा फर्किन थालेको र आसपासका क्षेत्रमा
स्प्रे गर्ने औषधी छर्ने काम भइरहेको नगरका पश्र शाखा अधिकृत निरज कट्टेलले
बताए । त्यहाँका स्थानियहरूमा सचेतना जगाउदै औषधी छर्कने र सरसफाइमा विशेष
ध्यान पुर्याउने काम भइरहेको उनले बताए । अहिले फिभर देखिएको स्थानमा ९
देखि १० जनाको टोली खटिएर दबाइ छिट्ने देखि बङ्गुरहरूको अवस्था चेकजाच र
स्थानियहरूलाइ परामर्श दिने काम गरिरहेका छौ पशु शाखा अधिकृत कट्टेलले भने ।
त्यस्तै प्रभावित क्षेत्रमात्र नभइ सिंगो नगरमा १५ दिनका लागि
सुङ्गुर तथा बङ्गुर ओसार पसार मात्र नभइ तिनिहरूको बिक्रि बितरण सँगै मासुमा
पनि प्रतिवन्ध लगाइएको दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले
बताए । फागुन १५ गते नै सुरक्षा निकायका पदाधिकारीहरूसंग बैठक बसेर नगरका
नाकाहरूमा कडाइ गर्न निर्देशन बमोजिम निगरानी र सोहि बमोजिम काम भइरहेको
नगर प्रमुख गच्छदारले बताए ।
दुहबीमा १५ गते वडा नं ९ र १० का स्थानिय
कृषकहरूले पालेको बंगुरमा अफ्रिकन स्वाइन फिवर पुस्टी भएको थियो । १४ गते
स्थानिय कृषक दैरी सदा , आस नारायण चौधरी ,सितल चन्द्र चौधरी , बिक्रम
चौधरी लगायत आधा दर्जन बढि कृषकहरूको बङ्गुर मरेको थियो । बिरामी हुदै भटाभट
बंगुर मर्न थालेपछि ल्याव टेस्टकालागि काठमांडौ पठाइएको र केन्द्रीय
प्राविधिक ल्याबले अफ्रिकेन स्वाइन फ्लु पुस्टी गरेपछि सो क्षेत्रमा कडाइ
थालिएको थियो ।