वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–५ स्थित कलाबन्जार बजारबाट म्याद नाघेका सामग्री नष्ट गरी जरिबाना तिराइएको छ ।
नगरपालिकाका आर्थिक विकास शाखाले शुक्रबार बजार अनुगमन गरी बिक्री भैरहेको म्याद नाघेका चिसो पेय पदार्थ, मसलाजन्य सामग्रीहरू, घिउ, बिस्कुट, १५ हजार मूल्य बराबरको घर रङ्गाउने रङलगायत गरी करिब ३० हजार रुपैयाँको सामग्रीहरू नष्ट गरिएको थियो ।
यसैगरी म्याद नाघेको सामान बेच्ने, दर्ता नगरी सञ्चालन भएका पसल र होटलहरूलाई जरिबाना तिराइएको नगरको आर्थिक विकास शाखा प्रमुख तिवारीले बताए ।
आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी नेतृत्वको टोलीले गरेको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका खाद्य निरीक्षक उज्वल कोइराला, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।