धरान । उद्योगमा गरिने लोडसेडिङको समस्यालाई सम्बोधन गर्न उद्योगी व्यापारीहरुले विभिन्न मन्त्रालयका मन्त्रीहरुसँग बुधबार माग गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घसहित मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनका उद्योगी व्यापारीहरुले लोडसेडिङको समस्यालाई समाधान गर्न माग गरेका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायतलाई भेटेर समस्याको समाधानका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । यस्तै खुला सीमा नाकाको समस्यालाई हल गरिदिनका लागि पनि अनुरोध गरिएको छ ।
उद्योगमन्त्री भण्डारीसँग उद्योग व्यवसायको समस्या, भन्सार नाका कडाइँ गर्न र भन्सारसम्बन्धी विाष्य, औद्योगिक क्षेत्र विस्तारका लागि धरानस्थित रेडियो नेपालको जग्गाको विषय, औद्योगिक ग्रामका लागि बजेटको विषयमा माग गरी ज्ञापन पत्र बुझाउने काम भएको जनाइएको छ । तीनवटै संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको सुनसरी उद्योग वाणिज्य सङ्घका रामस्वरुप शर्माले जानकारी दिए ।