विजयपुर । देशभर विद्युत् पहुँच विस्तार तीव्र रूपमा बढ्दै गएको छ । २०८२ फागुनसम्म आइपुग्दा कुल जनसंख्याको ९९.१ प्रतिशतमा विद्युत् पहुँच पुगेको सरकारी आर्थिक सर्वेक्षणले देखाएको छ ।


हाल देशको कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ । यसमध्ये जलविद्युत् मात्र ३ हजार ७ सय ९८ मेगावाट रहेको छ । त्यस्तै, चालु आर्थिक वर्षमा नेपालले भारततर्फ २ हजार ९ सय १८ गिगावाट–घण्टा विद्युत् निर्यात गरेको छ । विद्युत् निर्यात बढेसँगै ऊर्जा क्षेत्र वैदेशिक आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । सरकारले आगामी वर्षहरूमा विद्युत् उत्पादन र प्रसारण सञ्जाल विस्तारलाई अझ सुदृढ गर्दै देशलाई ऊर्जा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।