काठमाडौँ । नेपालका लागि आइकाउर ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले विद्युतीय एसयुभी आइकाउर भी–२३ मा सीमित अवधिका लागि विशेष अफर ल्याएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूले आइकाउर भी–२३ लाई ५० लाख ९९ हजारको पुरानै मूल्यमा खरिद गर्न सक्नेछन् ।

हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा गरिएको संशोधनका कारण उक्त गाडीको आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार कायम गरिएको छ ।

कम्पनीले ग्राहकहरूको उच्च रुचि र विश्वासलाई सम्मान गर्दै सीमित सङ्ख्यामा उपलब्ध स्टकका लागि पुरानै मूल्यमा गाडी उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । एसपीजी अटोमोबाइल्सका अनुसार हाल उपलब्ध सीमित स्टक समाप्त भएपछि हुने सबै नयाँ बुकिङ तथा डेलिभरी संशोधित मूल्य ५३ लाख ९९ हजारका आधारमा गरिने कम्पनीले जनाएको छ ।