काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा  चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी  २५ ले गिरावट आएको  छ । आजका लागि सुनको मूल्य प्रतितोला  दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ निर्धारण भएको छ । 

सोमबार एक तोला सुनको मूल्य  दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य रु चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन  दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी  चार हजार ३२५ मा खरिद बिक्री भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस