धरान । भारतबाट अवैध रुपमा भिœयाइएको सामान मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट अवैध रुपमा भिœयाएको सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ । प्रहरीका अनुसार विराटनगर–६, १०, १४ नम्बर वडाबाट एक लाख ६१ हजार ७ सय ७० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो । मोरङ जिल्ला प्रहरीका अनुसार गिसा, बटुका, लत्ताकपडा, सुर्ती, पापड, सुपाडी, बदामलगायतका खाद्यान्न सामग्री बरामद गरिएको छ ।