[caption id="attachment_3851" align="alignleft" width="492"]
कम्पनीका पाँच नेपाली युवाहरु सेल्फि फोटा लिदै[/caption]
अष्ट्रेलिया/बिदेशमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिने उदेश्यले अष्ट्रेलियमा रहेका पाँच युवाले कार्यक्रम गर्ने भएका छन् । नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई उपस्थित गराएर बिभिन्न कार्यक्रम आयोजना गर्न ओजेटनेप इन्टरटेनमेन्ट प्राली( OzNEP entertaintment pty)को औपचारीक सुरुवात गरेका छन् । कम्पनीका मिडिया कोअर्डिनेटर सुमन थापाले अष्ट्रेलियन सरकारले कार्यक्रम गर्न आफुहरुलाई स्वीकृती दिईसकेको जानकारी दिए ।
अष्ट्रेलियाको सिड्नी,गोल्डकोष्ट जस्ता शहरहका फिल्महलहरुमा नेपाली फिल्महरु प्रर्दशन गर्न र मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गनृ आबश्यक तयारी भईसकेको थापाले जानकारी दिए ।अष्टे«लियामै रहेका नेपाली युवा ब्रिज श्रेष्ठको म्युजीक भिडियोलाई कम्पनीले अफिसियल रुपमै सार्बजनिक गर्न लागेको मिडिया कोअर्डिनेटर थापाले जानकारी दिए । कम्पनीको महासचिबमा रजत सिग्देल, प्रबन्ध निर्देशकमा किशोर तिवारी,ब्यापार बिकाश ब्यबस्थापकमा हेम कडेल,उत्पादन ब्यबस्थापकमा अमृत योञ्जन र मिडियो संयोजकमा सुमन थापा रहेका छन् ।