पटना / भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको अपमान बेइज्जत० गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ ।
भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ भन्दा खराब भनी अपमानित गरेको भनी खबर पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा आएपछि प्रहरीले हिन्दूवादी नेता सिंहलाई पक्राउ गरेको हो ।
लाखौँ दलित जनताको प्रतिनिधित्व गर्ने नेत्री मायावतीलाई अपमानित हुनेगरी आलोचना गरेपछि सिंहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले कारबाही गरी दलबाट हटाएको घोषणा गरिसकेको छ ।
कारबाहीपूर्व सिंहले भाजपाको उत्तर प्रदेशको उच्च नेताका रुपमा काम गर्दै आएका थिए ।
सिंहले केही समय पहिले मायावतीले दलको राज्यसभाका लागि गरिएका मनोनयन लाखौँ रुपैयाँ लिई बिक्री गरेको प्रसङ्ग जोेड्दै नेत्री मायावतीलाई ‘बेश्याको भन्दा खराब चरित्र’ भएकी महिला भनी आलोचना ग।ेका थिए ।
तर यसलाई लिएर देशैभर व्यापक आलोचना र आन्दोलन भएपछि सिंहले आत्मालोचना गरे । रासस/एपी
भारतका हिन्दुवादी नेता पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























