धरान / पूराना कलाकार तथा निर्माता केशव भट्टराई कलाकार तथा बितरक कम्पनीको टोलीसहित ब्रासलेटको प्रचारमा निस्किएका छन् । भदौं १७ गतेबाट देशभरको करिव ५५ हलमा लाग्ने फिल्मको प्रचारका लागि कलाकारको टोलीसहित निर्माता, निर्देशकहरु नै धरानमा देखिए ।
ब्रासलेटको प्रचारमा धरान आइपुगेको निर्माता तथा कलाकारको टोली । तस्बिर/भोजराज श्रेष्ठ
उनीहरु मात्रै हैन, फिल्म क्षेत्रका पुराना हस्ती छवी ओझासमेत फिल्मको प्रचारमा देखिए । आफ्नो फिल्मको प्रचारमा जुट्नु पर्ने बेलामा छवी निर्माता एवं कलाकार भट्टराईकै गाडीमा धरानको गणेश टाकिज हलमा देखिएका हुन् । उनले फिल्मको माउथ पब्लिसिटीसमेत गरेका थिए । उनले नेपाली फिल्मलाई मनपराइदिन र राम्रो फिल्मलाई दर्शकले छानिदिनको लागि आग्रहसमेत गरे ।
फिल्मको प्रचारमा नेपालको चर्चित डिष्ट्रिव्युटर एफडि फिल्मस्को नरेन्द्र महर्जन र पूर्वका डिष्ट्रिव्युटर चैतन्य बरालसमेत देखिए । कलाकारहरुले ब्रासलेटको प्रचारको लागि ब्रासलेटको टिसर्ट नै लगाएर देखिएका थिए । फिल्मको प्रचारको लागि लामो सयम अमेरिका भाषिएर हालै फर्किएका रमेश उप्रेति, निर्मल शर्मालगायतको टोली नै आइपुगेको थियो । रमेश यो फिल्मका इन्जिनियरको भूमिकामा देखिदै छन् ।
फिल्मको ९९ प्रतिशत छायांकन पोखरामा गरिएको निर्माता भट्टराईले बताए । फिल्ममा ५५ लाख रुपैयाको लागत रहेको छ भने फिल्ममा नयाँ कलाकारको रुपमा दमकका कलाकार सुगम गुराँगाईले डेब्यु गरेका छन् । मेची र कोशीको १५ वटा हलमा फिल्म लाग्ने एफडीका पूर्वाञ्चल डिष्ट्रिब्युटर बरालले जानकारी दिए ।
फिल्ममा रमेशको अलवा रजनी केसीसमेत देखिदै छिन् । फिल्ममा ब्रासलेट विसुद्ध सामाजिक कथाबस्तु रहेको असल चलचित्र रहेको दाबी निर्माताहरुको छ । यो फिल्म राम्रो÷नराम्रो भन्ने विषयमा भदौं १७ गतेको पहिलो शो बाटै दर्शकहरुले छुट्याउने दाबी निर्माण युनिटको छ । यो फिल्मको एकसाथ बृद्धावन, लालजोडी, स्काउट, र एउटा हिन्दी फिल्मसँग टक्कर गर्दै छ ।