इटहरी/रेडियो कार्यक्रम प्रस्तोता चन्दा खड्काले यस वर्ष पनि तीज गीत लिएर आएकी छिन् । गत वर्षको तीजमा माइति घर एल्बम लिएर तीजमा महिलालाई नचाएकी चन्दाले यस वर्ष सोही एल्वमको भाग २ अर्थात् माइतीघर भाग–२ बजारमा ल्याएकी हुन् । bimochan शनिबार तीज विशेष कार्यक्रम तथा एल्बम विमोचन कार्यक्रममा माइति घर–२ को प्राज्ञ राम धामी र सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले विमोचन गरे । इटहरी–२ स्थित पशुपति चौकमा आयोजना गरिएको कार्यक्रममा चन्दाले तीज गीतमा दर्शकलाई मनोरञ्जन दिलाइन् । कार्यक्रममा लोकदोहरी गायक राजन क्षेत्रीसहित इटहरीका अन्य कलाकारको प्रस्तुतीले चर्को घामको कुनै प्रवाह नगरी दर्शक नाचि रहे । इटहरी–२ निवासी खड्का इटहरीबाट सञ्चालित नमस्ते एफएममा कार्यक्रम सञ्चालन गर्दै आएकि छिन् । माइती घर २ मा चन्दाको शब्द, संगित र स्वर रहेको बाबाको आँगनमा... यो तीजमा ...नाच्नलाई छम्छम् माइती भर जाम्... अझै नि छैन मलाई.... बोलको गीत समावेश गरिएको छ । ती गीतको एरेन्ज विनोद पराजुली र कुन्दन राईले गरेका हुन् भने एल्मब मालाश्री डिजिटल रेकडिङ स्टुडियो काठमाडौंले बजारमा ल्याएको हो । एल्बम विमोचन कार्यक्रममा प्राज्ञ राम धामी, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाई, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारी, उद्योग वाणिज्य समहासंघका पूर्वाञ्चल अध्यक्ष टंक दुलाल, उद्योग वाणिज्य संघ इटहरीका शैलेश विष्ट, कवि मनु मञ्जिल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चन्दाका बुबा यम खड्काले पनि छोरीको लोक भाकाको लगाव प्रति खुसी व्यक्त गरेका थिए । महिला सञ्जाल इटहरीको संयोजनमा भएको कार्यक्रमको अध्यक्षता सञ्जालकी उपाध्यक्ष विमला ढकालले गरेकी थिइन् । ससी डान्स सेन्टरको व्यवस्थापनमा भएको सो कार्यक्रम सेन्टरका कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । तस्विर/प्रस्तुतीः बाबुराम सुवेदी