काठमाडौँ/‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जितेकाे छ । grand यहाँ मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा उनले १० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जितेकाे हाे । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ तथा ‘सेकेन्ड रनर अप’ ज्योत्स्ना महर्जन भइन । लुक्स इन्टरटेनमेन्टको आयोजनामा नेपालमा (औपचारिक रुपमा) पहिलोपटक भएको प्रतियोगिताका प्रतियोगीलाई अन्य विभिन्न उपविधामा समेत पुरस्कृत गरिएको थियो । प्रतियोगिताका विजेताले रु ५० हजार, दोस्रोले रु २५ हजार तथा तेस्रो हुनेले रु १० हजार प्राप्त गरे । त्यसैगरी, उपाधि विजेताले यसै वर्ष अमेरिकामा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने छन् । सन् २०१५ की ‘मिस ग्रान्ड इन्टरनेसनल’ अस्ट्रेलियाली नागरिक क्लारी एलिजाबेथ पार्करले विजेताको ताज पहि¥याएक थिए । थाइल्यान्डमा स्थापना भएर क्रमशः विश्वव्यापी हुँदै गरेको प्रतियोगिता (मिस ग्रान्ड इन्टरनेसनल) का विजेताले मुख्यतः ‘युद्ध र हिंसा’ विरुद्ध दूतको रुपमा काम गर्ने बताइएको छ ।